चितवन । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का उम्मेदवार आशिष मियाँले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाउनुभएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मियाँले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका चितवनका स्थापित बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको हो ।
“जनताको लाेकप्रिय एवं सबैकाे साझा युवा उम्मेदवारकै रूपमा डा. भाेजराज सर्वप्रिय रहेछन्” विज्ञप्तिमा भनिएको छ,”पुर्ण समर्थन डा. भाेजराज अधिकारीसँगै लाेकतान्त्रिक-बाम गठबन्धनलाई रहने जानकारी गराउदैं आफ्नो अमुल्य मत उहाँहरूलाई नै प्रदान गर्न सम्पूर्ण मतदाता ज्युहरूमा हार्दिक अपिल गर्दछु ।”
जसपा, नेपालबाट उम्मेदवार रहनुभएका मियाँ छाता चिन्हमा स्वतन्त्र उम्मेदवार रहनुभएको थियो ।





















