चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम दाहाल (अविनाश) ले देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको बताए । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्याउनका लागि मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो ।
सोमबार भरतपुर महानगरपालिका ३ को भगवती टोल विकास संस्था , नौघरे ,बाह्रघरे , नारायणी दोभान , हरियाली टोल , नगरबन , चौतारी लगायत विभिन्न टोलहरुमा घरदैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहनु भएका दाहालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउनुभयो ।
हरियालि टोल विकास सस्थामा बाह्रघरे नौमति बाजा समूहले गठबन्धनका उमेद्धवारलाई बाजा बजाएर भव्य स्वागत गरेका थिए ।
‘जथाभावि बोलेर हिड्दिन , भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, दाहालले भन्नुभयो,‘गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’
उहाँले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्नुभयो ।
‘धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, दाहालले भन्नुभयो ‘तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’उहाँले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुभएको छ ।
त्यस्तै चुनावी घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र का वागमति प्रदेश सचिवालय सदस्य , चितवन जिल्ला सह- ईन्चार्ज रामध्वज डल्लाकोटी, नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी थिए ।
गर्न सक्ने र पुरा गर्ने कुरा मात्र गर्छु – उमेदवार दाहाल
गर्न सक्ने र पुरा गर्ने कुरा मात्र गर्छु – उमेदवार दाहाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















