चितवन। चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन्। प्रदेश २ (ख) का विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए।
उनले जखडीमाई, गणेशस्थान लगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताए। यस्तै जलदेवी सामुदायीक वन, राइनोताललगायतका व्यवस्थित गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उनको विश्वास छ।
पर्यटक चितवन आउँदा क्षेत्र नम्बर २ घुम्नै पर्ने किसिमले पर्यापर्यटनको बिकास गर्ने योजना रहेको बताए। पर्यटकहरु चितवनको सौराहा, मेघौली, गोलाघाट घुम्न आउँदा चितवन २ मा पनि रोकिउन् भन्ने उद्धेश्यले यहाँको पर्यटन क्षेत्रको विकास गर्ने अघि सारेको छुु, जोशीले भने।
केरुङ्गा घोल, डबकहा घोल, पुङ्गी खोला लगायतलाई व्यवस्थित गर्ने उनको प्रतिवद्धता छ। यसले रोजगारी सृजनाका साथै स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने उनको विश्वास छ।
धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र विकासलाई पनि जोड दिने उनले प्रतिवद्धता जनाए।





















