चितवन – चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका नेकपा माओवादी केन्द्र बाट गठबन्धनका साझा उम्मेदवार घनश्याम दाहाल अविनाश ले गठबन्धनकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
कालिका वडा नम्बर ६ सुन्दरबस्तिका मतदातासँग गठबन्धनको नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिदै अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सधैं अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’
अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गर्नुभयो ।
महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि गठबन्धनको योजना भएको दाहालको भनाई छ।
उम्मेदवार दाहाल भन्नुभयो, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ ।
‘हामी प्रदेश र संघ दुवैतिर गठबन्धनबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’
त्यस्तै घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन ), सुन्दरबस्तिका गठबन्धनका नेताहरु लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















