कालिका – आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका नेकपा (माओवादी केन्द्र) बाट गठबन्धनका साझा उम्मेदवार घनश्याम दाहाल (अविनाश) ले टोलको आवश्यकतालाई बुझेर सडक लगायतका विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
चुनाव प्रचार अभियानमा कालिका नगरपालिकाका वडा नम्वर ६ को प्रगति टोल सुधार समितिसँग भेटघाटमा कुरा गर्दै दाहालले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक रहेको बताएका हुन् ।
यहाँका अधिकाँश जनता कृषि पेशामा आवद्ध भएकोले उनीहरुको पेशालाई व्यवसायिकरण गर्न पहल गर्ने बताए ।
‘किसानको उत्पादनलाई कौडीको मुल्यमा बेच्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता हो । दाहालले भन्नुभयो,‘यो बाध्यताको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो ।’
दाहालले निर्वाचन पनि विधिको शासन स्थापित हुने र बिकास निर्माणले तीब्रता लिने भएकोले आगामी चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
त्यस्तै भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा ( सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
टोल टोलबाट विकास शुरुवात गर्ने – घनश्याम दाहाल
टोल टोलबाट विकास शुरुवात गर्ने – घनश्याम दाहाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















