चितवन – गठबन्धनको तर्फबाट नेकपा (माआबादी केन्द्र) बाट चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार घनश्याम दाहाल (अविनाश) ले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
शुक्रबार विहान देखि उम्मेदवार दाहाल कालिका नगरपालिकामा घरदैलो गरेका थिए । उनले जनतासंग कालिका नगरपालिका चितवनको विकासको मार्ग चित्र प्रस्तुत गरेका छन् ।
विगतका वर्षहरुमा प्रतिनिधि सभाका जनप्रतिनिधिले गतिलो काम गर्न नसक्दा कालिकाले विकासमा फड्को मार्न नसकेको भन्दै आफू यस ठाउँको विकासका लागि चिन्तित रहेको बताए ।
आफू पहिला निर्वाचित हुँदा प्रतिनिधि सभाको निर्वाचितले भन्दा मैले प्रदेश सभाबाट विभिन्न योजना ल्याएको स्मरण गर्दै दाहालले विगतका जनप्रतिनिधिले बाचा अनुसार काम गर्न नसक्दा अवस्था जस्ताको तस्तै रहेको बताए । उनले अब जनताले जसले काम गर्छ , सक्षम र अनुभवी व्यक्तिलाई जिताउन आवश्यक रहेको बताए । ‘विगतमा ल्याएका योजनाहरुमा थप गरि यसपटक सबै पुरा गर्ने र तपाईहरुको समस्या समाधान गर्न दत्तचित्त भएर लाग्नेछु’–दाहालले भने ।
दाहालले शुक्रबार कालिका नगरपालिका को जुटपानी बजार लगायतका ठाउँमा घरदैलो गरेका थिए । सो क्रममा स्थानीयहरुले दाहाललाई शुभकामना दिएका थिए । मतदाताहरुले हाम्रो मन जितेको विकासप्रमी उमेदवार भन्दै दाहाललाई हौसाएका थिए ।

“देशमा विकास निर्माणको काम गरेको अनुभव मसँग छ, विकासको प्लान ल्याएको छु” प्रदेशसभा सदस्य दाहालले भन्नुभयो, “यस पल्ट निर्वाचित भएमा जनताले सधै सम्झिने गरेर काम गरेर देखाउनेछु ।”
त्यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















