चितवन – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनले गठबन्धनको विजयको सुरुवातको सन्देश दिनुपर्ने बताएका छन् ।
आज भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले एमाले अध्यक्ष ओलिले दुईपल्ट संविधान विपरीत संसद विघटन गरेको भन्दै वलीको विरुद्धमा गठबन्धन गरेको उल्लेख गर्दै आगामी मंसिर ४ को निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
चितवनको तीनऔटै दलमा क्षेत्रका संघीय र प्रदेशका उम्मेद्वारलाई जिताउन अपिल गरे । ‘गठबन्धनको विजयको श्रेय चितवनबासीले लिऔ । ’ उनले नेपाली काँग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारवाही फुकुवाको विषयमा बोल्दै चुनाव जिताएको भोलिपल्ट नै कारबाही फिर्ता समेत गरिदिने प्रतिबद्धता जनाए ।
‘विकास कोइरालाजीले यहाँ जुलुस ल्याउनु भएको छ। कारबाही फिर्ता गर्, फिर्ता गर् भनेर। चुनाव जिताएकै भोलिपल्ट फिर्ता गर्दिन्छु म’ प्रधानमन्त्री देउवाले भने, ‘मैले कारबाही गरेको पनि होइन। देउवाले भने , १० वर्ष पुरानो कुरो रहेछ यो, पहिला चुनाव जिताउनुस्, फिर्ता गर्ने काम मेरो भयो।
देशलाई शान्ति समृद्ध र विकासका लागि एकताबद्ध भएर गठबन्धनलाई जिताउनुपर्ने उनको भनाइ थियो।





















