चितवन – भरतपुर १० स्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्यकाथन’ हुने भएको छ । क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजिले पौष ११ गते देखि १४ गतेसम्म ह्याकाथन गर्न लागेको हो ।
आज (शुक्रबार) कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम बारे जानकारी दिईएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यसमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नेछन् ।

यसले सहभागीहरुको प्राविधिक कौशलताको विकास गर्नुका साथै प्राविधिक कम्पनीहरुको विकासमा पनि मद्त मिल्ने कलेजका बिसिआइएस प्रोग्राम कोडिनेटर नवीन कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा देशभरबाट कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले तीन दिन आ -आफ्नो योजनालाई कोडिङमा परिणत गर्नेछन् । चौथो दिन आग्नो योजना निर्णायक सामू प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । कार्यक्रमको दर्ता रकम प्रति टोली ४ हजार ५ सय निर्धारण गरिएको छ ।
प्रतिस्पर्धात्मक कार्यक्रमको विजेताले ३० हजारसहित सिल्ड दोस्रो हुनेले, २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट टोलीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको सञ्चालन निकिता लौडारीले गर्नुभएको थियो भने कार्यक्रम बारेको जानकारी प्रतिमा अधिकारीले बाचन गरेर उपस्थित सबैलाई सुनाउनुभएको थियो ।





















