चितवन – राप्रपा नेपालको चितवन जिल्ला कमिटिनै माओबादी केन्द्रमा समाहित भएको छ । केन्द्रिय सहमहामन्त्री सुनिल क्षेत्रिको नेतृत्वमा जिल्ला कमिटिका उपाध्यक्ष चन्द्रकला खरेल , कोषाध्यक्ष सन्तोस थापा , सह सचिव चिरिञ्विी न्यौपाने , महिला अध्यक्ष कल्पना थापा लगायत ५० जना नेता कार्यकर्ता वीहीबार नेकपा माओबादी केन्द्र प्रबेश गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका भरतपुर वडा न ९ पूर्व जिल्ला कार्यसमिति भिम बहादुर विक (अविनाश ) ,रत्न गोपाल , प्रज्वल पौडेल , प्रतिक गुरुङ्ग, लगायतका २० जना माओबादी केन्द्र प्रबेश गरेका हुन् ।
नेकपा माओबादी केन्द्रको पार्टी कार्यलय चितवनमा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा माओबादी केन्द्रका स्थायी सदस्य नारायण दाहाल र पोलिटब्युरो सदस्य रेनु दाहालले टीका खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।
पार्टी प्रबेश गराउदै दाहालले चुनाबपछि उचित जिम्मेवारी दिइने भन्दै आफ्ना उम्मेदवार जिताउनको लागि आग्रह पनि गरे ।
पार्टी प्रवेश गर्दै क्षेत्रीले राप्रपा नेपालका अध्यक्ष कमल थापा नै प्रतिगमनको मतियार बनेर गएको भन्दै अब अग्रगमनको पक्षमा आफुहरु लागेको बताए । अब आफुहरु गठबन्धनका उम्मेदवार जिताउन लाग्ने बताए ।

यस्तै एमाले चितवन जिल्ला कमिटी सदस्य सहित २० जनाले एमाले छाडेर नेकपा माओबादी प्रबेश गरेका छन । कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला सम्योजक रामचन्द्र अधिकारी, नेता बद्री तिमिल्सेना लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
पार्टी प्रवेश कार्यक्रमको सञ्चालन भरतपुर २ का नेकपा (माओबादी केन्द्र ) का ईन्चार्ज जयराम खत्रीले गरेका थिए ।






















