चितवन। प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार बासुदेव सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय बनाएका छन्।
सापकोटाले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार चितवनका स्थापित वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका हुन्।
उम्मेदवारी निष्कृय पारेसँगै सापकोटाले आफ्ना शुभचिन्तक एवं मतदाताहरुलाई डा. अधिकारीलाई विजयी गराउन अनुरोध गरेका छन्।
माडी-४, खैरहनी निवासी युवा स्वास्थ्यकर्मी सापकोटा सिरिन्ज चिन्हमा स्वतन्त्र उम्मेदवार रहेका थिए।





















