गोेरखा / अबिरल बर्षाका कारण बारपाक सुलीकोट तीनखण्डेको पहिरोले चार घर बगायो भने आठ घर बिस्थापित भएका छन् । लगातारको बर्षापछिको पहिरोले मङ्गलबार स्थानीय लालप्रसाद भट्टराई, गोकर्ण भट्टराई, मायादेवी भट्टराई, जीवनाथ भट्टराईको घर बगाएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
बिस्थापित परिबारलाई नेपाल रेडक्रस गोरखा शाखाले स्थानीय उपशाखासँग समन्वय गरी राहत सामग्री प्रदान गरेको छ । आठवटै घर परिबारलाई हामीले ओढ्ने, ओछ्याउने, पकाउने, चलाउने सामग्री, त्रिपाल उपलब्ध गराएका छौं’, रेडक्रसका सुवास घिमिरेले भने ।उनीहरुलाई स्थायी तरिकाले पुनस्थापित गर्नुपर्ने अबस्था रहेको उनले बताए ।
पहिरोले बगाएको चार घर र जोखिममा रहेका चार गरी आठ घरका बासिन्दा बिस्थापित भएका वडा अध्यक्ष गुरुङले जानकारी दिए । लीलाकुमारी पाण्डे, जनक पाण्डे, सुमित्रा पाण्डे र सन्तोष पाण्डेको परिबार पनि बिस्थापित भएको उनले बताए ।
फाइल फोटो





















