चितवन । माडीको राजनीतिमा दिवाकर भुसाल पछिको दोश्रो निडर र साहसिक ज्युँदो नेताको रूपमा रहेका ठाकुर प्रसाद ढकाल बिकासप्रेमी नेताको रूपमा परिचीत छन् ।
दुई कार्यकाल साबिक गा.बि.स. अध्यक्ष र एक कार्यकाल माडी नगर प्रमुख भएर काम गरेका नेता ढकाल छोटो समयमा नै जनतामाझ परिचीत नाम हो । अन्याय र अत्याचारका विरुद्धमा बोल्ने माडीबासी जनताहरुको आवाज बनेका ढकाल हिजो निकुञ्ज प्रशासनले बाँदरझुलामा आगलागी गर्दा सशक्त भएर त्यसको बिरोध गरेका थिए ।
यतिमात्र नभएर हिजो निर्माणाधिन मगोई खोलाको पुलमा बर्षातको समयलाई मध्यनजर गरेर पुलमाथीबाट हलुका सवारीसाधन चलाउने ब्यबस्था गराए । तर त्यस कार्यको निगरानी गरिरहेको निकुञ्ज प्रशासनले निर्माण कार्यमा रोक लगाउन आएका एक बस आर्मी र दुई वटा कारमा आएका वार्डेन सहितको टोलीलाई नाजवाफ बनाएर फर्काएका थिए ।
अन्ततः स्वयं उनीहरूले नै नेता ढकाललाई हामी त लौ ठाकुर प्रसाद ढकालले खोलाभरी डोजर, ट्रयाक्टर, एक्साभेटर, जेसीबी लगेर गिटी, ढुङ्गा, बालुवा उत्खनन गरेर सक्यो भन्ने खवर कानमा परेर आएको बताएका थिए ।
तर त्यस्तो रहेनछ तपाईंले गरेको काम एकदम सराहनीय छ भन्दै उनीहरू नेता ढकाललाई बधाई दिएर फर्किएका थिए । यसैगरी कोरोना कहरका बेला समेत उनी घाम,पानी, दिन, रात नभनी अहोरात्र जनताकै सेवामा लागेका थिए । गा.बि.स. अध्यक्ष हुँदा होस् या नगर प्रमुख हुँदा होस् उनी जनतालाई समस्या पर्दा भवितव्यं घटना हुँदा हस्याङ्फस्याङ गर्दै जनतालाई सेवा दिन र घाउमा मलम लगाउन आइपुग्छन् ।
निडर र खरो स्वभावका उनी सामाजिक काममा क्षणभरमा नै निर्णय लिन सक्ने खुबी उनमा छ । आफ्नो मात्र एकलौटी निर्णय गर्न सक्ने खुबी भएका उनी आँफुले निर्णय गरेको काम पूरा गरेर नै छाड्छन् । निकुञ्ज प्रशासनको ज्यादतीका विरुद्ध आवाज बोल्ने एकमात्र नेता ढकाल अनशन बस्ने समेत घोषणा गरेका थिए । अन्ततः केन्द्रबाट नै समझदारी हुने भएपछि अनशन स्थगित गरेका थिए ।
तर पनि उनले आजसम्म उक्त विषयमा वकालत गरिरहेका छन् । उनले त्यतिबेला निम्नलिखित बुँदाहरु राखेका थिए ।
१. राष्ट्रिय निकुञ्जको बाटो २४ सै घण्टा सुचारु हुनुपर्ने ।
२. राष्ट्रिय निकुञ्ज र मध्यबर्ती क्षेत्रलाई नदि वहावका आधारमा सिमा कायम गरिनेछ भन्ने ऐनमा रहेको हुँदा २०२६ मा भएको नापीको आधारमा सिमा कायम गर्नुपर्ने ।
३. जंगली जनावरले खाएको अन्नबालीको क्षतिको क्षतिपूर्ति हुनुपर्ने ।
४. मध्यवर्ती क्षेत्रको ८ नम्बर ऐलानी स्थानीय तहको निर्णयमा राष्ट्रिय निकुञ्जको इजाजत नलिई संरक्षण र सम्बर्द्धन हुनुपर्छ ।
५. राष्ट्रिय निकुञ्ज सामुदायिक वन बाहेकको ढलापडा काठहरुलाई स्थानीय निकायले निकासी गरेर प्रदेश सरकारले तोकेको रोयल्टी कलेक्सन गर्ने अधिकार स्थानीय निकायलाई दिनुपर्ने ।
६. माडीबासीहरुले प्रयोग गरेका सामाग्री फर्निचर माडी बाहिर बसाइँसराइ गरेर जाँदा लैजान पाउनुपर्ने ।
७. सुबिधा प्राप्त बाटोमा राज्यले प्रवेश गराउदा जंगलभित्र कुनै ब्यक्तिको दुर्घटना भएमा राज्यले क्षतिपूर्ति दिनुपर्ने ।
८. बाँदरझुलाका जनतालाई स्थायी बसोबासको ब्यबस्था गर्नुपर्ने ।
९. रिउ करिडोर ब्यबस्थित गर्नुपर्ने । जस्ता कयौं मागहरू राखेका थिए । जसका कारण नेता ढकाल जनतामाझ लोकप्रिय र परिचीत छन् ।
समग्र चितवनको बिकासका लागि उनले जित्नुपर्ने आजको अपरिहार्य आबश्यकता हो ।





















