चितवन । चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रि माननीय घनश्याम दाहाल (अविनाश) ले गठबन्धन मुलुकलाई अग्रमनतर्फ लैजान गरिएको बताएका छन् ।
भरतपुर महानगरपालिका –२९ जुगेडी बजारमा चुनावी घरदैलोलाई सम्बोधन गर्दै नेता दाहालले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताएको हो ।
“जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ ।
संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ”, नेता दाहालले भने। युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको नेता दाहालको भनाइ थियो । वाँकी रहेका योजना पुरा गरि भरतपुर २९ लाई देशकै नमूना सहर बनाउने उनको दाबी गरेका छन् ।
यस्तै घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















