चितवन । चितवनमा नेकपा माओबादी केन्द्र नेताका रुपमा राम्रो छबि बनाएका नेता हुन घनश्याम दाहाल । स्थानिय तहको निर्बाचनमा भरतपुर महानगरको मेयरलाई जिताउन लागि परेका दाहाल यसपटको चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उम्मेद्वार बनि आफ्नो चृुनावि प्रचारप्रसार तथा घरदैलो अभियानमा सकृय हुन थालेका छन् ।
आसन्न मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र न.२ (क) बाट बिजयी हुने लक्ष्यका साथ मैदानमा होमिएका उनै घनश्याम दाहाल (अविनाश) सानो सानो स्वार्थमा अल्मलिएर नैतिकता र इमान नगुमाउने बताए । आफ्ना मतदाता तथा समर्थक संग अन्तरकृया गर्दै दाहालले गठबन्धनका समर्थकहरुलाई केन्द्रित गर्दै चुनाबको समयमा आफ्नो दलमा योग्य उम्मेद्वार रहदा रहदै भिन्न दलको उम्मेद्वारलाई साथ दिनु कार्यकर्ता माथी र बिकास माथीको कुप्रहार रहेको बताए ।
उनले सत्ता र स्वार्थका लागी हिड्ने नभई पार्टी आदेश मान्ने बताए । उनले आफु समृद्धीको सपना बोकेर आएको र गोलाकार भित्रको हँसिया र हतौडामा मतदान गर्न पनि समर्थकहरुलाई आग्रह गरे ।

सोमबार कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका को विभिन्न वडामा घरदैेलो निरन्तरता दिएका थिए ।
सो घरदैलो कार्यक्रममा नेकपा (माओवादी केन्द ) को चितवन जिल्ला कार्यसमिति सदस्य धर्मेन्द्र बन , नेकपा (माओवादी केन्द्र) बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।






















