चितवन : पूर्वमन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले माडी भएको घरदैलोको क्रममा मतदातालाई सम्बोधन गर्दै आफ्नो ब्यक्तिगत मेशिन को प्रयोग गरेर हिड्नै नमिल्ने बाटोमा गाडी चलाउन मिल्ने बनाएको बताएका छन् ।
२०७० सालमा निर्वाचित भएर वन तथा भु संरक्षण मन्त्रीको जिम्मेवारी सम्हाल्दा पाण्डेकै पहलमा निकुन्ज प्रवेश गर्दा लाग्ने शुल्क निःशुल्क् भएको थियो भने । निकुन्ज भित्रको बाटो सेमत फराकिलो बनेको थियो ।
उनले २०७४ सालको निर्वाचनमा जनप्रतिनिधि बन्न नसक्दा जनताको काम धेरै पछाडि परेको नेता पाण्डेले बताउनुभयो यस्तै पूर्वमन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले माडी भएको घरदैलोको क्रममा मतदाताकोलाई सम्बोधन गर्दै निर्वाचित भएपछि माडी जाने निकुन्जको बाटो पिचको लागि पहल गर्ने बताए ।
समावेशीकरणमा राप्रपा अगाडि ः
विक्रम पाण्डे नेता पाण्डेले यसपटकको निर्वाचनमा आदिवासी, जनजाति र महिलालाई समेत स्थान दिएको बताए ।
पाण्डेले जाति र धर्ममा अझै पनि भित्रभित्र विभेद भइरहेकोले त्यसलाई रोक्नुपर्ने बताए । राज्यले नै दलित समुदाय भनेर वर्गीकरण गर्दा त्यसले भित्रभित्रै सामाजिक सद्भाव खल्बल्याउने काम भएको पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेको भनाई छ ।
‘नेपालमा देश निर्माणका हरेक जातिको आ–आफ्नै योगदान र पहिचान छ । सबै जातिको भूमिका उत्तिकै सशक्त छ,’ उनले भने ‘त्यसैले कुनै पनि जातिले आफूलाई असहज लाग्यो भन्दैमा जात लुकाउन हुँदैन।’





















