चितवन : मंसिर ४ काे निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
यसै सन्दर्भमा प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा भाेजराज अधिकारी र प्रदेश ३ (२) का उम्मेदवार ठाकुर ढकालले घरदैलो अभियानलाई निरन्तरता दिईरहेका छन् ।यसैक्रममा गठबन्धनका उम्मेदवारलाई भरतपुर २३ र २४ स्थानीयले स्वागत गरेका छन् ।
घर अगाडि कलशसहित फुल माला सहित डा. भाेजराज र ठाकुरलाई स्वागत गरेका हुन् ।जगतपुर, मधुपुरी, कृष्णचाेक, बेलटाँडी, दराई गाउँमा स्थानीयसँग उनीहरूले छलफल समेत गरेका थिए । उम्मेदवारले स्थानीयका समस्या र गुनासोहरू सुनें । दराई गाउँमा निर्माणाधिन भवन सम्पन्न गर्न आग्रह गरेका छन् ।





















