चितवन । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) चितवन जिल्लाको कालिका नगरपालिकामा घरदैलो कार्यक्रमा विकासको लहर ल्याउने प्रतिवद्धता जनाएका छन् ।
आईतबार कालिका नगरपालिकाको वडा नम्वर १, २ , ४ ,५ मा घरदैलो कार्यक्रममा नेता दाहालले बृहत समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको चितवन जिल्ला कालिकाको समग्र विकासका लागि आफूले नेतृत्व लिने बताए ।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चितवन क्षेत्र नम्वर २ प्रदेश सभा क का उमेदवार घनश्याम दाहाल अविनाश ले कालिकामा प्रदशको महत्वका परियोजनाहरु आफूले अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

बाटो व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्न पहल गर्ने , सिंचाइ सुविधा पु¥याउने, कृषिको आधुनिकिकरण गर्ने जस्ता योजना समेत रहेको उनले बताए ।
सो घरदैलो कार्यक्रममा चितवन क्षेत्र न. २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ र नेकपा माओवादी केन्द्र बाट बागमति प्र्देश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा सुमन लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















