काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
आइतबार दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरे।





















