चितवन। प्रतिनिधि सभा चितवन-३ का वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले जनताको मनस्थिति आफूहरूका लागि सकारात्मक रहेको बताएका छन्।
आफूहरूले गर्न सक्ने योजना मात्रै ल्याएको उनले बताए। भरतपुर २५ लाई महानगरपालिकाको मुल प्रवाहमा समावेश गर्ने उनको प्रतिबद्धता रहेको छ। सबै क्षेत्रका समुदायका लागि समतामूलक नीति निर्माण गर्न पहल गर्ने डा.अधिकारीले बताए। जनताको घरमै अस्पताल ल्याउने कार्यक्रम ल्याउने उनले बताए।
सबैको सुरक्षाका लागि सामाजिक सुरक्षा नीति ल्याउने उनको भनाइ छ। वैज्ञानिक विकास रणनीति अपनाउने, गुनासोरहित कार्य गर्न जनताको घरदैलोमा आएको उनले बताए।
प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्न ठाकुर ढकालले आग्रह गरेका छन्। अहिले स्थानिय सरकार पनि गठबन्धनकै भएकोले प्रदेश र संघमा समेत गठबन्धनको उपस्थिति हुनुपर्नेमा उनको जोड थियो।
माडी नगरपालिकाका निवर्तमान मेयर समेत रहेका प्रदेशसभा ३ (२) गठबन्धनका उम्मेदवार ढकालले विकास निर्माण गर्न आफूहरुलाई मतदान गर्न उनले आग्रह गरे।
माडीमा मैले जसरी विकासका काम गरे, उनले भने, यहाँको विकास गर्ने मेरो चाहाना छ। आफूभन्दा योग्य उम्मेदवार भए उनैलाई मतदान गर्न ढकालको अनुरोध छ।





















