चितवन । चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश ) ले युवाहरु देशको विकास गर्न सक्ने शक्ति भएको बताएका छन् ।
दाहाल अनुसार युवाहरुलाई शिक्षित बनाउन जोड दिनुभयो । शिक्षित युवाहरुले देशको समृद्धिको हासिल गर्नसक्ने बताएका छन ।
चुनावी अभियानका क्रममा आज ईच्छाकामना गाउंँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा दाहालले ले शिक्षाबाट वेरोजगारी अन्त्य गर्न सकिने बताए । युवाहरुलाई शिक्षित र उद्यमशिल हुनुपर्नेमा उनले जोड दिए , शिक्षा क्षेत्रबाटनै स्थापित र सफल हुन सकिने बताए ।
युवाहरुले देशमा उज्यालो ल्याउन सक्ने भन्दै युवानै देशको मेरुदण्ड रहेको बताए । देश बनाउने जिम्मेवारी र दायित्व युवाको भएपनि दैनिक धेरै सख्यामा युवाहरु विदेशिनु पर्ने दुखद बिषय भएको दाहालले बताए ।
युवाहरुले आफूले जिवन खेर फाल्नु हुंँदैन । स्वदेशमै केही गर्नुपर्छ । दाहालले भने । युवाहरुले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपने भन्दै उनले युवाको रोजगारीको लागि लोकतान्त्रिक बामगठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे । दाहालले भने ‘युवाहरुले कार्यक्रम ल्याउनुस, योजना ल्याउनुस हामी युवाको साथमा छौं ।

देश र युवाहरुको भविष्य उज्यालो पार्न पनि लोकतान्त्रिक वाम गठबन्धनको जित आवश्यक रहेको दाहालको भनाई थियो । कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) ले मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतको उपस्थिति थियो ।






















