चितवन / प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ (क) अन्तर्गत गठबन्धनका साझा उम्मेदवार घनश्याम दाहाल (अविनास) चुनावी घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।
२ (क) अन्तर्गत इच्छाकामना गाउँपालिमा वडा नम्वर ४ मा लोकतान्त्रिक बाम गठबन्धनको नेतृत्व गरेर चितवन क्षेत्र नम्वर २ ( क) का उमेदवार घनश्याम दाहाल अविनास चुनावी घरदैलो अभियान लाई निरन्तरता दिनुभएको छ ।
यसै सन्दर्भमा जनताको साथ, सहयोग र समर्थनमा आफु निर्वाचित हुने दाहालले बताएका छन् । राजनीति गर्न नभई विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने उनले विश्वास लिए ।

मेरो क्षेत्रमा केही बाकी रहेको खानेपानी , बाटो र ढलको समस्या समाधान गर्ने गरि योजना बनाउने उनको प्रतिबद्धता छ । जनताको जिवनस्तर उकास्ने पनि आफुसँग योजना रहेको दाहालले बताए ।






















