चितवन : भरतपुर अस्पतालको आकस्मिक भवनको उद्घाटन गरिएको छ । आज एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको उपस्थितिमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख दाहालले आफू भरतपुर महानगरपालिकाको प्रमुख भएपछिको पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरुको ओपिडी टिकट निःशुल्क गरेको बताउनुभयो ।
उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनु पर्नेमा जोड दिंदै संघीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्न पहल गर्ने बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर अस्पतालले बर्थिङ सेन्टरका लागि भरतपुर महानगरपालाई आग्रह गरेको बताउँदै यसका लागि छलफल भईरहेको बताउनुभयो ।





















