गोरखा / चितवनका सात वटा लायन्स क्लबहरुले बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । गोरखा जिल्लाको सिरानचोक २ थालाजुङ्ग स्वास्थ्य चौकीमा मंगलबार शिविर आयोजना गरिएको हो ।
लायन्स क्लब अफ चितवन राईज, लायन्स क्लब अफ चितवन, लायन्स क्लब अफ कृष्णपुर, लायन्स क्लब अफ बागेश्वरी मोडेल, लायन्स क्लब अफ माउण्ड एभरेष्ट, लायन्स क्लब अफ चितवन रोयल मिड टाउनले संयुक्त रुपमा शिविर आयोजना गरेका हुन् ।
शिविरमा आँखा, स्त्री तथा प्रसुती रोग, मधुमेह, पेट, छाती, पाठेघरको क्यान्सर स्क्रिनिङ, फिजिसियन , हाडजोर्नी तथा तथा, भिडियो एक्सरे लगायतका सेवाहरु दिईएको थियो । शिविरमा डा. रमेश घिमिरे, डा. रितेश घिमिरे, डा. पूजा बानिया, डा. रसिक न्यौपाने, डा. मौसम गुरुङ, डा. अस्मिता राना, डा. रविना केसी, डा. कामना अर्याल, क्यान्सर अस्पतालका सिनियर नर्स तारा दवाडी, मञ्जु शर्मा लगायतले सेवा दिनु भएको थियो । शिविरमा आउने अधिकांशमा पाठेघरको समस्या, मृर्गाैलामा पत्थरी, मधुमेह र उच्च रक्तचापको समस्या देखिएको थियो ।
कार्यक्रम संयोजक एवं रिजन चियरपर्सन पुरन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा आईपिडिजि एमपिजेएफ रामप्रसाद भट्ट प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, सिरानचोक वडा नं. २ का वडा अध्यक्ष खुशीराम गुरुङ, नवराज सापकोटा, ऋषि पौडेल, रामजी पौडेल, भक्तबहादुर बस्नेत, उपकार सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वडा सदस्य डिलमाया गुरुङले स्वागत गर्नूभएको कार्यक्रममा गाउँ कार्यपालिका सदस्य विमला श्रीमल, प्रकाशचन्द्र अधिकारी, सिरानचोक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ, लायन्स क्लबका अध्यक्षहरु प्रकाश ज्ञवाली, रामजी पाण्डे, एकनारायण शर्मा, हरि भट्ट, सूर्य रेग्मी, आनन्द पाण्डे, विनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
ग्रामीण क्षेत्रमा पुगेर सेवा दिन पाउँदा आफूलाई खुशी लागेको शिविरमा सहभागी डा. रमेश घिमिरेले बताउनुभयो । उहाँले गाउँसम्म पुगेर सेवा दिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा ग्रामीण क्षेत्रसम्म पुगेर सेवा गर्न कार्यक्रमले प्रेरणा दिएको बताउनुभयो ।

























