माडी / प्रतिनिधि सभा चितवन ३ का उमेदवार डा. भोजराज अधिकारीले निकुञ्ज ऐन संशोधन गरेर जनताको संरक्षण गर्ने बताएका छन् । उनले बन्यजन्तु र मानवबिचमा हुने द्वन्द्व न्युनिकरण गर्न नितिगत सुधार गर्ने बताए ।
चितवन ३ (ख) अन्तर्गत माडी क्षेत्रमा भएको चुनाव केन्द्रीत छलफलमा डा. अधिकारीले बन्यजन्तु बनमै र मानव समुदाय घरमै रमाउने गरि योजना बनाईने बताएका छन् ।
“जनावरलाई बनमा सुरक्षित हुने र हामीलाई घर वरपर सुरक्षित हुने गरि मैले निति निर्माण गर्छु, डा। भोजराजले भने, “यहाँको जनजिविका सुधारका लागि पनि काम गर्ने मन छ । यहाँको आवश्यकतालाई महशुस गर्दै प्रदेश स्तरिय विशिष्टिकृत अस्पताल बनाउने उनको चाहाना छ । बघौंडा अस्पताललाई ५० शैयाको विशेष सुविधासहित विस्तार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश (ख) मा माओवादी केन्द्रका उमेदवार ठाकुर प्रसाद ढकालले माडीमा बाकी रहेका विकास निर्माणका आयोजनालाई अघि बढाउने बताए ।
“मुल सडकदेखि भित्री सडक केही मात्रामा कालोपत्रे गर्ने क्रम मैले सुभारम्भ गरेँ, उनले भने, ” पुल निर्माण सम्पन्न देखि भित्री सडक पुर्वाधार कालोपत्रे गर्ने जिम्मेवारी सहित मलाई निर्वाचित गराउनोस्” । माडीमा रहेका बेला गठबन्धनका उमेदवारहरूले केही सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।





















