चितवन / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढीरहेको छ । चुनावका लागि दल तथा उम्मेदवारहरु मत माग्न व्यस्त छन् ।
यसैबीचमा नेकपा माओवादी केन्द्रको चुनावी गीत सार्वजनिक भएको छ । माओवादी केन्द्रको चुनावी गीत ‘मेरो आमाको भोट माओवादीलाई’ युट्युब मार्फत सार्वजनिक भएको हो।
आइतबार सार्वजनिक गीतको शब्द सन्तोष देउजाले लेखेका हुन् । गीतमा बिष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतका संगीत संयोजक कृष्ण केसी हुन् ।
गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले नृत्य निर्देशन गरेको भिडियोमा टिकटकबाट चर्चामा आएका सरोज प्रजा हो स्मारिका ढकाल फिचर्ड छन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।





















