चितवन / लोकतान्त्रिक बाम गठबन्धनले इच्छाकामना गाँउपालिका वडा न. ५ मुङ्गलीन बजारमा नेवा गुठी मा भेटघाटको क्रममा गठबन्धन भएका दलले आफ्रनो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुने र गठबन्धन रहरले बनेको होईन यसलाई ख्याल गर्नुपर्ने चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल अविनाशले बताएका छन् ।
दाहालले काग्रसले गोलाकार भित्रको हँसिया हर्तौडा र कलमामा भोट हाल्न , माओवादीले रुख र कलममा , समाजबादीले रुख र हँसिया हर्तौडामा दोधार नभइकन निर्धक भएर मतदान गर्न आग्रह गर्नुभयो ।

चुनावी प्रचार प्रसारको भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र का बागमति प्रदेशका सचिवालय सदस्य रामध्वज डल्लाकोटी , नेपाली काग्रेसका निर्वतमान सभापति जित नारायण श्रेष्ठ , नेपाली काग्रेसका सभापति राजेश्वर खनाल , चितवन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) ले मन्तव्य राखेका थिए ।
भेटघाट कार्यक्रममा ईच्छाकामना का नेता सहित नेकपा माओवादी केन्द्र का चितवन जिल्ला कमिटि सदस्य धर्मेन्द्र वन , नेकपा एकिकृत समाजबादीका नेता नरेन्द्र कन्दङ्गवा , समानुपातिकका उमेद्धवार इश्वर सापकोटा सुमन , सरोज गुरुङ्ग , माया श्रेष्ठ , भुमि आयोगका अध्यक्ष बद्रि तिमिल्सेना, गठबन्धन दलका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।





















