चितवन / चितवन जिल्ला अदालतले एक वर्षको अवधिमा २४ सय भन्दा बढी मुद्दाहरु फस्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा चितवन जिल्ला अदालतले दुई हजार चार सय आठ वटा मुद्दा फस्र्यौट गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा सम्बन्धविच्छेद सम्बन्धी सात सय पाँच वटा मुद्दा दर्ता भएकोमा चार सय ७९ वटा फस्र्यौट गरिएको निमित्त स्रेस्तेदार ज्ञवालीले जानकारी दिए । महिलाको तर्फबाट चार सय ४२ तथा पुरुषको तर्फबाट दुई सय ६३ मुद्दा दर्ता भएकोमा दुई सय २६ वटा मुद्दा फैसला हुन बाँकी रहेका निमित्त स्रेस्तेदार हरि गोपाल ज्ञवालीले बताए ।
त्यस्तै अदालतमा दर्ता भएका तीन हजार सात सय ८० मुद्दामध्ये एक हजार तीन सय ७२ मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन् । गत आर्थिक वर्ष २०७५ / ७६ बाट जिम्मेवारी सरेर आएको एक हजार पाँच सय ६७ मुद्दामध्ये एक हजार तीन सय ३१ मुद्दा फस्र्यौट भएको ज्ञवालीलेले बताए ।
अदालतमा प्रकृयाको क्रममा रहेका दुई वर्ष नाघेका आठ वटा मुद्दाहरु रहेका निमित्त स्रेस्तेदार हरि गोपाल ज्ञवालीको भनाइ छ ।





















