चितवन / लोकतान्त्रिक बाम गठबन्धनले भरतपुर महानगरपालिका ३ को बेलचोकमा चुनावी प्रचार प्रसार कार्यालय स्थापना गरेको छ ।
गठबन्धनका संयोजक तारा मित्र पण्डितको अध्यक्षतामा सञ्चालित कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश ) ले सयुक्त रुपमा कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नेपाली काग्रेसका निर्वतमान सभापति जित नारायण श्रेष्ठ , उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क ) का उमेदवार घनश्याम दाहाल (अविनाश ) ले मन्तव्य राखेका थिए ।
गठबन्धनका भरतपुर महानगरपालिका ३ का सह संयोजक कमल आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य एकिकृत समाजबादीका केन्द्रिय सदस्य अशोक थापाले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा ( माओवादी ) केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (क. सुमन) , भरतपुर ३ का नेता सहित गठबन्धन दलका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।





















