चितवन । प्रतिनिधिसभा चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारीले आफ्नाे विकास अवधारणालाई अनुमाेदन गर्न गठबन्धनकाे जित अपरिहार्य रहेको बताएका छन् ।
एक वडा एक कार्यक्रम अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तर्गत चनाैलीमा गठबन्धनको प्रदेश कार्यालय उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनलेे गाेलाघाटदेखि भरतपुर नारायणगढ क्षेत्रलाई जाेड्ने गरि काम गर्न चाहेको उनलेे बताए ।
त्यसकारण गाउँमा गाउँमा केन्द्रीकृत हुन डा. अधिकारीले नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
निर्वाचन क्षेत्र ३ (क) प्रदेशसभा अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले कृषि क्षेत्र आफ्नाे प्राथमिकतामा रहने बताएका छन् ।
उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनलेे कृषिमा मल, विउँ र सिचाइँमा अनुदान वितरणकाे नितिलाई प्रभावकारी बनाउने बताए ।
कांग्रेस नेता घिमिरेले कृषि मात्र नभई शिक्षा र स्वास्थ क्षेत्र पनि प्राथमिकतामा रहने बताए । शिक्षा र स्वास्थलाई समतामूलक पहुँचका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास निरन्तर अघि बढ्ने बताएका उनलेे गाेलाघाट पुल निर्माण र नारायणी पुल निर्माण द्रुतगतिमा गर्न लागिपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता सुर्य सुवेदी पथिकले गठबन्धनले विज्ञ उमेदवार प्रस्तुत गरेको बताएका छन् । अहिले जनताको मागलाई सम्बाेधन गर्नेगरी साझा गठबन्धन मार्फत निर्वाचनमा आएकाे बताए ।
दिगो विकास र समृद्धिका लागि गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । देशमा प्रतिगमन र अग्रगमन गरि २ गठबन्धन रहेको बताएका नेता पथिकले अग्रगमनको पक्षमा मतदान गर्न अपिल गरे ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललेकांग्रेसकाे उमेदवार नभएको भ्रममा नरहन अनुरोध गर्दै डा. भाेजराज ५ दलकै उमेदवार भएको बताएका छन् । गठबन्धनका विकल्प नभएको उनलेे बताए । जनप्रतिनिधिमुलक संस्था भत्काउने समुहलाई पराजित गर्न पनि गठबन्धनको जित आवश्यक रहेको सभापति खनालको भनाई थियोे ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टी भरतपुरका अध्यक्ष विष्णुराज महत्ताेले जनताको पक्षमा गठबन्धन आएकाे बताए ।संघमा (डा. भाेजराज अधिकारी)चिकित्सा र प्रदेश (क) मा कृषि (डा. सुर्यकान्त घिमिरे) विज्ञ उमेदवार छन् ।आज नै भरतपुर २६ मा गठबन्धनको संयुक्त कार्यालय सञ्चालनमा आएकाे छ ।





















