काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाली क्रान्तिकारी नेता बरमन बुढाको निधन भएकोमा आफु मर्माहत भएको बताएका छन् ।
आज एक शोक मन्तव्य जारी गर्दै प्रचण्डले, नेपाली मुत्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विषेशगरी रोल्पाली जनताको मुत्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ ।
बुढा ०४८ मा तात्कालिन जनमोर्चाबाट चुनाव जित्ने ९ मध्ये एक सांसद समेत थिए । २०१२ सालमा रोल्पाको थवाङमा कम्युनिष्ट विजारोपण गरेका बुढाको आज विहान आन्द्राको क्यान्सरका कारण पाटन अस्पतालमा मृत्यु भएको थियो ।
यसैगरी नवलपरासी जिल्लाका क्रान्तिकारी नेता तथा थार अगुवा कुलचन्द्र महत्तोको निधनप्रति पनि प्रचण्डले शोक मन्तव्व जारी गरेका छन् ।
महत्तोको पनि ६८ वर्षको उमेरमा आज विहान निधन भएको थियो । क्यान्सरबाट पिडित महत्तो शिक्षण पेशा त्यागी जनयुद्धमा समेत होमिएका थिए ।





















