चितवन / चितवन मेडिकल कलेज अगाडि संस्कास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्व पश्चिम राजमार्ग स्थित चितवन मेडिकल कलेज अगाडि २ बजेर ४५ मिनेटमा संस्कास्पद बस्तु फेला परेको हो ।
त्यहाँ बमको आशंका गरिएको छ । संस्कास्पद बस्तुको सिसाभित्र तार रहेको प्रहरीले जनाएको छ । अहिले डिस्पोज गर्नका लागि आर्मीको टोलि आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिनुभयो । संस्कास्पद बस्तु राजमार्गको बिच भागमा छ ।





















