माडी / आसन्न मंसिर ४ काे संघ र प्रदेशको निर्वाचनका लागि उमेदवारहरू माडीको चुनावी भेटघाटमा केन्द्रित छन् । यसै सन्दर्भमा बाम-लाेकतान्त्रिक गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उमेदवार डा. भाेजराज अघिकारीले जनतासँग भेटघाट गरिरहेका छन् ।
माडीलाई माडीकै माेडलमा मणि बनाउने उनको चाहाना छ । माडी नगरपालिका वडा नम्बर ५, ३, २ र १ का जनसमुदायसँग छलफलका क्रममा उनले भरतपुरलाई जाेड्ने गरि करिडोर निर्माण गर्ने बताए । परिवर्तन र विकास चाहने जनताले आफुलाई प्रतिनिधि बनाउने उनको विश्वास छ ।
अहिलेकाे निर्वाचनमा एमालेका प्रतिनिधि यहाँ उमेदवार छैनन् । डा. अधिकारीले साे विषय उल्लेख गर्दै आफू एमाले कार्यकर्ताका लागि पनि सक्षम प्रतिनिधि भएको बताए । उमेदवारी फिर्ता लिएका राम प्रसाद न्याैपानेकाे पनि प्रतिनिधि आफू हुनसक्ने बताए । उमेरले समेत समान जस्तै युवा भएको, सबैको एजेन्डा र कार्यक्रम समावेश गरेकाले आफु निर्वाचित हुनेमा कुनै सन्देह नरहेको उनको भनाई छ ।





















