चितवन : चितवन क्षेत्र न ३ मा डा.भोजराज अधिकारीको उम्मेदवारीले माडीका जनता उत्साहित भएका छन् । स्वास्थ्यका हिसाबले पिछडिएको माडीमा चिकित्सकको नै उपस्थितिले अब यहाँको स्वास्थ्यको विकास हुने भन्दै उत्साहित भएका हुन् ।
माडीका निवर्तमान नगरप्रमुख प्रदेश ख का उम्मेदवार ठाकुर ढकालले बघौडा अस्पताल मा उल्लेख्य सुधार गर्नुभएको छ, अब अधिकारी र ढकालको उम्मेदवारी ले माडीको स्वास्थ्य सेवा थप सुदृढ हुनेछ, स्थानिय मनमाया वि.क.को भनाई छ ।बघाैडा अस्पताल थप सुविधा सम्पन्न बनाउने प्रक्रियामा रहेको उमेदवार ढकालले जनाउनुभयाे।
गठबन्धनका उमेदवार डा. अधिकारी र ढकालले माडीका जनताको समस्या र गुनासो लिएका छन् । अहिले खानेपानीकाे समस्या रहेको माडी ८ ईन्द्र बस्तीमा मंसिर ५ पछि पहल गर्ने डा. अधिकारीले बताउनुभयाे । वडा नम्बर ७ मा स्थायी बसाेबासकाे मुद्दा समाधान गर्न प्रयास गर्ने उहाँलेे प्रतिबद्धता जनाउनुभयाे ।





















