चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले कुनै पार्टी, कार्यकर्ता र उम्मेदवारलाई गाली नगर्न आग्रह गर्नु भएको छ ।
क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पाण्डेले आफ्नो पार्टीका नेता तथा उम्मेदवारलाई आग्रह गर्नु भएको हो ।
शुक्रबार चितवन क्षेत्र न. ३ का क्षेत्रीय चुनास प्रचार प्रसार समिति तथा सम्पर्क कार्यलयको उद्घाट गर्दै उहाँले यस्तो बताउनु भएको थियो ।
उहाँले भन्नुभयो – “हामीले किन अन्य पार्टीलाई बेकाममा गाली गलौच गर्ने, आजैको मितिबाट तपाईहरुले गाली गलौच गर्न छोड्न म बिनम्र अनुरोध गर्दछु । हामी राष्ट्रवादी पार्टी भएकोले हामीले ढाट, छल, गाली गलौच लगाएतका कुराहरु बन्द गर्न आवश्यक छ ।”
उहाँले राजनितिज्ञहरुले आचारसंहिता पालना गर्नु पर्नेमा पनि जोड दिनभयोे । राष्ट्रको धर्म संस्कृति संरक्षण र देश हरावरा बनाउने पार्टी आफुहरुको भएको बताउदै उहाँले आफुलाई निर्वाचित गराउन जनतालाई अनुरोध गर्नुभयो ।
देशमा हाल भईरहेको गठबन्धन बिदेशीको ईसारामा भएको उहाँको भनाई रहेको छ ।
बिदेशीको ईसारामा नेताहरु चल्दा देश बर्बादीमा धकेलिने पुर्वमन्त्रि समेत रहनु भएका पाण्डेले दावि गर्नुभयो ।





















