चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले चितवनलाई देशकै नमुना जिल्ला बनाउने बताउनु भएको छ ।
शुक्रबार भरतपुर महानगरपालिका २५ फलेनीगाँउका जनताहरुसंग भेटघाट गर्दे पुर्व मन्त्रीसमेत रहनु भएका पाण्डेले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो – मैले चितवनलाई देशका ७७ जिल्ला मध्य बिकासमा नम्बर १ बनाउने लक्ष लिएको छु । जस्को लागी जनताको साथको आवश्यक छ । तपाईहरुको सहयोगले नेतृत्वमा पुगे जिल्लामा बिकासको लहर छाउने छ ।”
साथै उहाँले राजनितिलाई खेती र पेशा बनाउनेहरुले चितवनको बिकासलाई वास्ता नगरेको बताउनु भयो । जस्का कारण जनताले चाहेको बिकास हुन नसकेको आरोप लगाउनुभयो ।
उहाँले यस अघि निर्वाचित जनप्रतिनिधिहरुले जनताको चित्त बुझ्दो काम गर्न नसकेको बताउनु भयो ।
बिगतका दिनहरुलाई बुझ्दा पनि आफुले कहि गर्न सक्ने अवस्था नभएको उहाँको भनाई छ । यस पटकको मतदान जनताले राष्ट्रको पक्षमा हाल्नेमा उहाँले विश्वास लिनुभएको छ ।





















