काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी वर्ष धराने जनतालाई सित्तैमा सयपत्री फूल बाँड्ने बताएका छन्।
तिहारको समयमा नेपालमा पुग्दो सयपत्री फूल नपाइँदा यहाँका जनताले भारतबाट फूल खरिद गरेर तिहार मनाउने अवस्था छ।
त्यस्तो अवस्थालाई आउन नदिन धरान उपमहानगरपालिकाले सर्दु, सेउती, पकुवा तथा निशाने खोलाको बगरमा फूल रोप्ने र धराने जनतालाई सित्तैमा फूूल दिने हर्कले बताएका हुन्।
उनले सामाजिक संजालमा भनेका छन्,‘आउने साल २० लाख सयपत्री फूलको विरुवा उमारेर सर्दु, सेउती, पकुवा, निशाने खोलाहरुको बगर भरि फूलाएर तिहारमा धराने जनतालाई सित्तैमा फूल वितरण गर्नेछौँ ! यो साल नमूना देखाइयो!’





















