काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनलाई अस्पताल भर्ना गरिएको हो।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीता दाहाललाई मेडिसिटीको आइसियुमा राखिएको जानकारी दिए।
काठमाडौंमा बुधबार आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा श्रेष्ठले सीता अस्पताल भर्ना भएका कारण प्रचण्ड आउन नसकेको बताए।





















