चितवन। प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर-३ का उमेदवार डा. भोजराज अधिकारीले बाल्यकालको स्मरण गर्दै दोस्रो सम्म नभएको र अबको नतिजाले पनि पहिलो बनाउने विश्वास व्यक्त गरेका छन्।
मंगलबार भरतपुर-२३ मा भएको चुनाव केन्द्रिकृत कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा पनि एक नम्बर बनाइदिन आग्रह गरे। डा. अधिकारीले व्यवस्था अनुसार अवस्था बदल्न यहाँको माटोलाई सदुपयोग गर्ने बताए। उनले ईच्छाशक्ति बढाउन जगतपुरका पार्टी कार्यकर्तासँग आग्रह गरे। आफू नै आफ्नो प्रतिनिधि हो भन्ने रूपमा जनताको घलदैलोमा जानुपर्ने उनको भनाई छ।
यस्तै, नेकपा माओवादी केन्द्रका नेता ज्ञानु बस्नेतले गठबन्धनको मर्म अनुसार निर्वाचनमा केन्द्रिकृत हुन स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन्। उनले स्थानीय स्तरमा गठबन्धनका सबै दललाईसँगै लिएर हिड्न अनुरोध गरेकी हुन्।
यस्तै, निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा माओवादी नेता गोपाल न्यौपानेले जोड दिएका छन्। डा. भोजराज अधिकारीलाई निर्वाचित गर्ने सुनौलो अवसरलाई सदुपयोग गर्न उनको आग्रह छ। स्थानीय जनतासँग सुमधुर सम्बन्धका साथ जोडिनुपर्ने उनले बताए।





















