भरतपुर / चितवन ३ प्रतिनिधिसभा सदस्य उमेदवार डा. भोजराज अधिकारीले आफ्नो क्षेत्रबाट राष्ट्रिय राजनितीमा योगदान गर्न जनताको उमेदवार बनेर पटिहानी आएको उनले बताए ।
पटिहानीसँग जोडिएको पर्यटन क्षेत्रको विकास गर्न आफुले पहल गर्ने उनले बताए ।स्थानिय उमेदवार भएकाले समेत सबैको साथ र सहयोगका लागि उनले अपेक्षा राखेका छन् ।
पटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतासँग अस्पताल जोड्ने, समतामूलक शिक्षा, स्वरोजगार सिर्जना गर्न प्रतिबद्ध रहेको बताए । यसका लागि निर्वाचित भएपछि योजनाको विस्तृतिकरण गरेर अघि बढ्ने समेत बताए ।
पश्चिम चितवनको पटिहानी क्षेत्रको विकास र समृद्धिका लागि यहाँका स्थानीयको सहयोग लिने उद्घोष गरे । परिवर्तनकारी परिवर्तनको एजेन्डा लिएर जनतामाझ आएको बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य गंगा बेलबासे, प्रतिनिधिसभा सदस्य समानुपातिक उमेदवार ज्ञानु बस्नेत, माओवादी नेता गोपाल न्यौपाने, रामलाल महत्तो, साजन अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।





















