चितवन / नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस चितवनमा पनि मनाईएको छ ।कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो।बीपि स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति चितवनले बृद्ध बद्धाहरुलाई सम्मान सहित खाना खुवाएको हो ।
नेविसंघ चितवनले मानव सेवा आश्रामका ४६ जना बृद्धबद्धाहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पार्टीका संस्थापक जननेता बिपि कोइरालाको मार्गदर्शनलाई बर्तमान नेतृत्वले भुल्न नहुने बताउनु भयो । साथै उहााको बिपिको सिद्धान्तलाई पार्टीले आत्मा साथ गर्दे अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पुर्व सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, अञ्जनी श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा सम्पनन्न भएको थियो ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस चितवनमा पनि मनाईएको छ ।
बीपि स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति चितवनले बृद्ध बद्धाहरुलाई सम्मान सहित खाना खुवाएको हो । नेविसंघ चितवनले मानव सेवा आश्रामका ४६ जना बृद्धबद्धाहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पार्टीका संस्थापक जननेता बिपि कोइरालाको मार्गदर्शनलाई बर्तमान नेतृत्वले भुल्न नहुने बताउनु भयो । साथै उहााको बिपिको सिद्धान्तलाई पार्टीले आत्मा साथ गर्दे अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पुर्व सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, अञ्जनी श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा सम्पनन्न भएको थियो ।
























