चितवन / चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले आफू समग्र चितवनको विकासको लागि प्रतिबद्ध रहेको बताएका छन् ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ७, पिपलटारमा आइतबार घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै श्रेष्ठले आफू विकासको लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै चितवनलाई समृद्ध बनाउने अभिभारा निभाउने छु’ श्रेष्ठले भने, ‘चितवनमा जल छ, जमिन छ र जंगल छ । त्यसैले अन्तभन्दा छिटो विकास र समृद्धि चितवनमा आउँछ ।’ उनले सबै युवालाई गरीखाने र स्वरोजगार बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।





















