काठमाडौं / अबिरल बर्षाका कारण काठमाडौंको टोखा नगरपालिका – १ टाँसी डाँडामा पहिरोले पुरिएर २ बालबालिकाको ज्यान गएको छ ।
बुबासँगै घरभन्दा माथि भित्ताको टहरोमा खान खाइरहेका उनीहरुलाई दिउँसो पहिरोले पुरेको महाराजगन्ज बृत्तका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए । आमा भने केही तल रहेको डेरामै थिइन् ।
रामकुमार र उनी सँगै मजदुरी गर्ने १०–१२ जना पनि खाना खाइरहेका थिए । पहिरो आएपछि उनीहरु भागे पनि दुई बालबालिका भाग्न नसक्दा उनीहरुको ज्यान गएको हो ।
फाइल फोटो





















