चितवन / चितवनको कुनै पनि क्षेत्रमा राजनीतिक दलहरुले प्रतिनिधि सभा तर्फ महिला उम्मेदवार उठाएको छैनन् तर चितवन क्षेत्र नम्बर २ बाट भने प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारको रुपमा एक महिला उठेकी छन् , उनी हुन् देविका कुवर, उनको चुनाव चिन्ह माछा रहेको छ।
चितवन क्षेत्र नम्बर २बाट वर्ष २९ कि देविका कुवरले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।विगत ७ वर्ष देखि सामाजिक क्षेत्रमा निरन्तर कार्य गर्दै आएकी छन्। कोभिडको समयमा दुखको साथी अभियान चलाएर साथीभाइहरुको सहयोगमा गरिब तथा बिपन्न वर्गका सुत्केरी, गर्भवती र बृद्धहरुलाई खाद्यान्न वितरण गरेकी थिईन्, अहिले सम्म पनि यो कार्य निरन्तर गरि रहेकी छन्।
बिदेशमा अलपत्र परेका नेपाली समेत एकल पहलमा ल्याइ सकेकी छन्। बिकट बस्तिमा रहेका चेपाङ बालबालिकालाई चप्पल, स्टेसनरी सामानहरु सहयोग गरि रहन्छिन्। सरसफाइको क्षेत्र देखि सामाजिक हरेक क्षेत्रमा उनको सक्रियता निरन्तर बढि रहेको छ।
राजनीतिक जिवन भन्दा पनि सामाजिक जिन्दगीलाई बढि महत्त्व दिएर पिछडिएको समाजलाई अघि ल्याउन उनले उम्मेदवारी दर्ता गरेकी छन्।
चितवनको विकट ठाउँमा आफै पुगेर त्यहाँको जनजिवन र भौगोलिक अवस्था सबै नियालि रहेकी छन्। बिकट ठाउँहरुलाई बिकाश गरि त्यहाँको जनजिवन उकास्ने र पर्यटन प्रवर्द्धन गर्न सकिने उनले विश्वास बोकेकी छन्।
यतिको युवा अवस्थामा नै यति धेरै सामाजिक कार्यमा सक्रिय भएकोले उनलाई जनताको साथ अवश्य मिल्ने विश्वास बोकेकी छन्।





















