माडीको प्रस्तावित अयोध्या कतै चुनावी नारा त होइन ? कतै यो पनि चुनावी नारामा मात्रै सिमित हुने त होइन ? हिजो मात्र भारतको अयोध्याबाट चितवन सहित देशैभर पुग्नेगरी राम राज्य रथ यात्रा निक्लिएको छ ।
भारतीय अयोध्यालाई प्रवर्द्धन गर्ने उदेश्यका साथ रथयात्रा निकालिएको हो । कताकता यो दृश्य देख्नासाथ धार्मिक युद्ध बढाउन लागिएको त होइन ? भन्ने लाग्यो । जसरी पहिला तामझामका साथ ओलीले भब्य रथ र कलश यात्रा सहित माडीमा मूर्ति स्थापना गराए ।
यसले बिश्व समुदायमा नै माडीको पहिचान त बढायो । तर अहिले पहिला जतिको चर्चा सेलाउदै जाँदा र अहिलेसम्म मन्दिर निर्माणको लागि डिपिआर तयार नहुनुले कतै आँफु चर्चामा आउन र राजनीति गर्नको लागि थलो बनाउन लागिएको त होइन ? यदि होइन भने यो बारेमा किन काम अगाडि बढ्न सक्दैन ।
महत्त्वपूर्ण निर्णय बाहिर आएसंगै मुख्यमन्त्री डोरमणी पौडेल, पर्यटन तथा संस्कृती मन्त्री भानुभक्त ढकाल, संविधान सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगाएतका प्रभावशाली नेताहरु स्वयं प्रस्तावित अयोध्यामा आएर उदघोष गरेकै हुन् । र भनेकै हुन् तत्काल अब यसको डिपिआर तयार भए पश्चात् मन्दिर लगाएतका अन्य संरचनाहरु निर्माण हुन्छन् ।
फेरि यसको केही समयपछि एमाले अध्यक्ष ओली नै माडी आएर आँफुले बाचा कबुल गरेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता जाहेर पनि गरे । यो अर्थमा आम माडीबासी, र चितवनबासी मात्र नभई नेपालबासी जनता नै खुशी थियौं । तर अहिले पहिला जुन खालको उप्साह, उमंग, जोश र जागर थियो ।
तर अहिले त्यो जागर सेलाउदै गएको छ । हुन त, बिगतदेखि आजसम्म माडीबासी जनताका लागि, कहिले आकाशे पुल, त कहिले सुरुङ्ग मार्ग, त कहिले रिउ करिडोर, त कहिले निकुञ्ज ऐन परिवर्तन त कहिले तारबार त कहिले पुल बाटो घाटो, त कहिले सुकुम्बासी समस्या समाधान त, कहिले निकुञ्जमा कालोपत्रे लगाएतका नारा नबनेका होइनन् । तर नारा अनुसारका काम भइदिएका भए आज तपाईं हामी सबैले परिकल्पना गरेको एउटा शुन्दर र समुन्नत माडी निर्माण हुने थियो ।
ताकी नेताहरु एकपछि अर्को गर्दै निर्वाचन क्षेत्र छाड्दै हिड्नुपर्ने समस्या आउने थिएन । अर्को मनमा खड्किरहेको कुरा अघिल्लो निर्वाचनमा प्रचण्डलाई जिताउन माडी आएका ओलीले मणीको सपना देखाएर जिताए । र दुई तिहाइको सरकार निर्माण गरी प्रचण्डको निर्वाचन क्षेत्र रहेको माडीमा राम जन्मभूमि बनाउन लागिपरे । केही समय पश्चात् पार्टी छिन्नभिन्न भयो । देशकै गौरव र सारा नेपालीको लागि गर्व गर्न लाएक संरचना निर्माण हुँदा प्रभावशाली नेताहरूलाई पनि ओलीले राम्रै गर्न लागे भन्ने थियो । यानिकी माडीमा साना ठुला कार्यक्रम हुँदा अझैपनि नेताहरु माडी आइपुग्छन् । र प्रस्तावित अयोध्यामा पुग्छन् र सकारात्मक प्रतिक्रिया दिएर फर्कन्छन् ।
तर अहिलेसम्म प्रस्तावित अयोध्यामा आएका नेताहरूको लाम अनुसार छिट्टै काम हुनुपर्ने हो । तर बिडम्बना मेरो बुझाइमा होइन, हैन, छैन भन्दा कतै भोट काटिन्छ कि भन्ने मनमा पर्यो कि, यस अर्थमा साना ठुला सबै दलका नेताहरूलाई चुनाव जित्नु छ । यसको तात्पर्य रोचक अवधारणा ल्याएर ओलीले चुनाव जित्ने दाउ कसेका त होइनन् । यदि हो भने जनता अब सच्चिन आबश्यक छ ।
जसले जे भन्यो त्यही पत्याइहाल्नाले आज यो अवस्था आएको हो । हिजो आकाशे पुल र सुरुङ्ग मार्गको सपना देखाएर आज प्रचण्ड यहाँबाट बाहिरिए जस्तै भोलि फेरि त्यही हालत भयो भने झनै ठुलो मुल्य चुकाउनु पर्नेछ । आजबाट माडीका जनताले पाठ सिकेका छन् र भनेका छन् पहिला काम अनि बल्ल भोट अन्त्यमा, (यो लेख कसैलाई उडाउन होच्याउन लेखिएको होइन । समसान्दर्भिक र अहिले देखिएको विषयमा समाज र राजनीतिको यथार्थ चित्रण गरेको हुँ ।)
लेखक : अजित अधिकारी (उहाँ माडीका पुराना र सक्रिय पत्रकार हुनुहुन्छ ।)





















