काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारको कारणले पार्टी छाडेको बताएका छन्।
उनले आफूले टिकट नपाएर पार्टी छाडेको भनेर भ्रम फैलाउन खोजेको समेत प्रष्ट पारेका हुन्।
उनले फेशबुकमा लेखेका छन्, ‘हामी विरूद्द टिकट नपाएर पार्टी छाडेको भन्ने जुन भाष्य निर्माण गर्न खोजिदैछ, त्यो गलत छ । किनकि, एकथान टिकटको बिषय भन्दा बढी हामी माथिका श्रृङखलाबद्ध बन्देज र अत्याचारका फेहरिस्त लोकजनमा सर्वविदितै छ।’
आफूलाई जनतामाझ जान बन्देज लगाएपछि त्यसको विकल्प खोजेको बताए।
उनले भनेका छन्, ‘हामीमाथि कार्यकर्ता माझ जान र जनतामाझ जान जुन हदसम्मको बन्देजीको आदेश-तामेल गरियो, त्यसवापतको विकल्पहीन विकल्प हामीले रोजेका हौं । तथापि, हामी माथिका गलत भाष्य निर्माण हुन्छन् भने त्यस उपर वस्तुसंगत विश्लेषण त हुनैपर्छ ।’





















