चितवन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड दोलखा जिल्लाको चरिकोट शाखाको शाखा प्रमुख सुरेश बाबु मरहट्टाको २०७९ असोज २१ गते शुक्रबार राति ८ बजे ४२ वर्षको उमेरमा निधन भएको थियो ।
मरहट्टाको फोक्सोमा समस्या भएर चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको परिवारले जानकारी गराएका थिए ।
सालिन व्यक्तित्व , सबैलाई समान व्यवहार गर्ने , बोलिमा नरम, व्यवहारिकतामा निकै चासो राख्ने , सबैलाई सम्मान र माया गर्ने मरहट्टा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि. मा विभिन्न पदमा रहेर ९ वटा शाखामा १३ वर्ष सेवा गर्नुभएको थियो ।
२०६६ सालबाट कास्कीको इन्द्रचोक (पोखरा ) शाखाबाट शुरु गरि नवलपरासीको कावासोती शाखा , चितवनको चनौली शाखा , चितवनको टाँडी शाखा ,वर्दियाको प्रगतीबजार शाखा , जाजरकोटको खलङ्गा शाखा ,अर्घाखाँचीको सन्धिखर्क शाखा, धादिङ्गको गजुरी शाखा हुदै हाल दोलखाको चरिकोट शाखा कार्यरत रहनुभएको थियो ।
पुर्खौली घर साविक आँपपिल वडा नम्बर ९ दारीमचौर गोरखा हाल पालुङ्गटार नगरपालिका वडा नम्बर २ गोरखामा वुवा ईश्वरी प्रसाद मरहट्टा र चन्द्र कुमारी मरहट्टा को कोखबाट २०३७ साल मंसीर २७ गते शुक्रबार जन्मिनु भएका मरहट्टा हाल भरतपुर १२ चितवनमा बस्दै आउनुभएको थियो ।
मरहट्टाको एक श्रीमती शारदा पौडेल मरहट्टा र एक छोरा सुशान मरहट्टा छन् ।





















