चितवन / कालीखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ ( मुग्लिन सडक खण्डमा यातायात सुचारु भएको छ ।
नारायणगढ ( मुग्लिन सडक खण्ड आज दिउँसो करिब तीन बजेपछि खुलेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले दिएको जानकारीअनुसार सडक एकतर्फी मात्रै खुलेको छ ।
बाटो पन्छाउने काम अझै बाँकी नै रहेकाले सडक एकतर्फी खुलेको छ उनले भने, सडक खण्डको अन्य क्षेत्रमा पनि स -साना पहिरो खसेकाले पन्छाउने काम भइरहेको छ । सडकमा झरेको पहिरो पन्छाउने काम डिभिजन सडक कार्यालय भरतपुरले गरिरहेको छ । उक्त सडकखण्ड खुले पनि खासै सवारी चलेका छैनन् ।
काठमाडौंतर्फ धादिङको मौवा खोलामा पुल बगाएकोले सवारी नचलेका हुन् ।
फाइल फोटो





















