चितवन। चितवन क्षेत्र नम्बर २ बाट वर्ष २९ कि देविका कुवरले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। सामाजिक अभिन्नताको रुपमा विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहनुभएको कुवरले प्रतिनिधि सभा सदस्यको लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
विगत ७ वर्ष देखि सामाजिक क्षेत्रमा निरन्तर कार्य गर्दै आएकी छन्। कोभिडको समयमा दुखको साथी अभियान चलाएर साथीभाइहरुको सहयोगमा गरिब तथा बिपन्न वर्गका सुत्केरी, गर्भवती र बृद्धहरुलाई खाद्यान्न वितरण गरेकी थिईन्, आज सम्म पनि यो कार्य निरन्तर गरि रहेकी छन्। बिदेशमा अलपत्र परेका नेपाली समेत एकल पहलमा ल्याइ सकेकी छन्। बिकट बस्तिमा रहेका चेपाङ बालबालिकालाई चप्पल, स्टेसनरी सामानहरु सहयोग गरि रहन्छिन्। सरसफाइको क्षेत्र देखि सामाजिक हरेक क्षेत्रमा उनको सक्रियता निरन्तर बढि रहेको छ।
राजनीतिक जिवन भन्दा पनि सामाजिक जिन्दगीलाई बढि महत्त्व दिएर पिछडिएको समाजलाई अघि ल्याउन उनले उम्मेदवारी दर्ता गरेकी छन्।
चितवनको विकट ठाउँमा आफै पुगेर त्यहाँको जनजिवन र भौगोलिक अवस्था सबै नियालि रहेकी छन्। बिकट ठाउँहरुलाई बिकाश गरि त्यहाँको जनजिवन उकास्ने र पर्यटन प्रवर्द्धन गर्न सकिने उनले विश्वास बोकेकी छन्।
यतिको युवा अवस्थामा नै यति धेरै सामाजिक कार्यमा सक्रिय भएकोले उनलाई जनताको साथ अवश्य मिल्ने विश्वास बोकेकी छन्।
चितवन क्षेत्र न. २ का जनताले यस्तो सक्रिय युवा महिला उमेदवार हालसम्म नपाएकोले कुवरको उमेद्धवारीले खुशी व्यक्त गरेका थिए ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चुनावमा होमीदै हुनुहुन्छ भने सुर्य चुनाव चिन्हबाट एमालेका कृष्णभक्त पोखरेल र रुख चुनाव चिन्ह बाट सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ हुनुहुन्छ ।





















