गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् ।
आज गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन् ।
प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा. बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको प्रतिक्रिया दिए ।
इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ, प्रचण्डले भन्नुभयो, गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको थिए । उनले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर आफूले रेकर्ड बनाएको बताए ।





















