चितवन । चितवन क्षेत्र नम्वर ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आज (आईतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
शनिवार बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो । डा. अधिकारी भरतपुर अस्पतालका अध्यक्ष तथा पुष्पाञ्जली अस्पतालका संचालक हुन् ।
अहिले पाँच दलीय गठबन्धनका तर्फबाट डा. अधिकारी उम्मेदवार रहेका छ्न् । प्रचण्ड चितवन छाडेर गोरखा गएपछि उक्त क्षेत्रको उम्मेदवार भएका हुन् ।
चिकित्सा पेशामा सक्रिय रहँदै आएका अधिकारी उक्त क्षेत्रको बासिन्दा समेत हुन् ।
गत संसदीय निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।





















